नेपाल रेमिट र कुवेतको अमान एक्चेञ्जबीच सम्झौता, रेमिट्याट्यान्स् भित्राउन अझ सहज

Advertisement

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि र कुवेतको अमान एक्स्चेञ्ज कम्पनिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यससँगै कुवेतमा रहेका नेपालीहरूलाई नेपाल रेमिट मार्फत नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज  भएको छ । 

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु.एल.एल का तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गरेका छन् ।  

Advertisement

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । कुवेतमा रहनुभएका नेपानीहरूले अबदेखि सहजै नेपाल रेमिट मार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ।’  

नेपालको पुरानो र विश्वसनीय नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । 

Advertisement