भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

Advertisement

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् । 

यो टर्मिलन भवन पाँच करोड ४५ लाख रुपियाँ लागतमा निर्माण हुने पर्यटन मन्त्रालयले जनाएको छ । करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन डेढ महिनाभित्र निर्माण हुने मन्त्रालयले जनाएको छ ।

Advertisement

भवनमा निर्माणको जिम्मा आरबी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको नेपाल नागरिक उड्डयन प्राविधिकरणले जनाएको छ। उक्त विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौं उडान भर्दै आएको छ।

Advertisement

Advertisement