आज वि.सं.२०८० साल साउन महिनाको ३१ गते बुधबार, अधिक श्रावण कृष्णपक्षको अमावश्य तिथि । आज अधिकमास समाप्ति, मत्स्यनारायण मेला समाप्ति ।
मेष
पेशागत जीवनमा उपलव्धी प्राप्त हुने छ । व्यवस्थापकीय क्षमतामा अदुभुद् बृद्धि हुने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ । शेयर क्षेत्र चुनौतिपूर्ण देखिन्छ ।
वृष
पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । नयाँ नयाँ सवारीसाधन किन्न मन लाग्ने छ । रमाईलो स्वाभावको व्यक्तित्व हुने हुँदा अरुको मन जित्न सकिने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ । शेयर क्षेत्रबाट फाइदा हुने छ ।
मिथुन
पेशागत जीवन सहज बन्ने छ । पदोन्नति हुने वा थप जिम्मेबारी मिल्ने छ । सृजनशिल स्वाभाव हुने हुँदा कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । सामाजिक जीवनमा पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज अवस्था रहने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण तावरण रहने छ । चिसोजन्य स्वास्थ्य समस्याले भने सताउने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।
कर्कट
पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँग झैझगडा र मतभेद उत्पन्न हुने छ । आर्थिक पक्ष भने सवल नै रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका विषयमा निर्णयहरु गर्न मन लाग्ने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् ।
सिंह
पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु देखिने छ । मनोबल कमजोर हुने हुँदा स–साना विषयमा पनि डर लाग्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । शेयर क्षेत्र औसत रहने छ ।
कन्या
समय चुनौतिपूर्ण चलिरहेकाले धैर्यतासाथ अघि बढ्नु होला । धेरै जोखिमपूर्ण कामहरु भन्दा निरन्तरताका लागि जोखिम लिनु उपयुक्त हुने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । आर्थिक सन्तुलनमा गडबढि पैदा हुँदा दबाब सृजना हुने छ । शेयर क्षेत्र औसत खालको रहने छ ।
तुला
पेशागत जीवन धेरै सहज बन्ने छैन् । तसर्थ सन्तुलित भएर चल्ने प्रयास गर्नु नै उत्तम हुने छ । भोगविलासका विषयहरु तर्फ मन तानिने छ । आँटेका कामहरुमा मेहनत धेरै तर त्यसको नतिजा ढिला गरि थोरै मात्र आउने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ । अध्ययन अध्यापनमा पटक्कै रुचि जाने छैन् । शेयर क्षेत्र मध्यम रहने छ ।
वृश्चिक
पेशागत जीवनमा सन्तुलन बिग्रने छ । आरोप प्रत्यारोप वा झैझगडाको वातावरण रहने हुँदा बादबिबादबाट परै बस्ने कोशिस गर्नु नै उत्तम हुने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने र मनमा तनाव छाइरहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् ।
धनु
पेशागत जीवन द्वन्दात्मक अवस्था आउने भएकाले कम बोल्ने र कम बिबादमा सामेल हुने गरेमा ठिक हुने छ । आर्थिक रुपमा कठिनाईहरुबाट गुज्रनु पर्ने छ । मनमा निराशा र वैचैनीको अवस्था विद्यमान रहँदा उत्साहको कमि हुने छ । भविष्य प्रतिको चिन्ता अस्वाभाविक रुपमा देखा पर्दा डर र भयले सताउने छ । जीवनसाथिको साथले ठुलो राहत मिल्ने छ । शेयर क्षेत्रबाट भने फाइदा हुने छ ।
मकर
पेशागत जीवनमा केही सुधार आउने छ । आर्थिक चुनौतिहरुमा आफन्तहरुको साथ हुने छ र समाधानतर्फ जाने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । सामाजिक क्षेत्रबाट सहि मुल्यांकन नहुँदा चित्त दुख्ने छ । शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ मिल्ने छैन् ।
कुम्भ
पेशागत जीवनमा उन्नति प्रगतिको अवसर प्राप्त हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । आर्थिक पक्ष सन्तुलित रहने छ । खर्च भने केही बढ्न जाँदा बचतको अवस्था न्युन हुने छ । मनमा उत्साह र उमङ्गको भने कमि हुने छ । परिवारमा किचलो कायम रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।
मीन
पेशागत क्षेत्र शुभ रहने छ । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । परिवारमा तनावपूर्ण अवस्था विद्यमान रहने छ । स्वास्थ्य समस्याका कारण उर्जाको भने अभाव हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।
(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)