चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्डबाट सम्मान गरिने

Advertisement

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । 

दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका वीच हुने एक समारोहमा चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ । 

Advertisement

एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मानगर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफलिभिङका सस्थापक रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन् । 

नेपालका एकमात्र फोब्र्समा सुचिकृत अर्वपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । 

Advertisement

Advertisement