मिस युनिभर्स २०२३ का लागि २२ प्रतियोगी छनोट

Advertisement

काठमाडौं । मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट भएका छन् । आज शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै उत्कृष्ट २२ जना प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिएको हो । 

उनीहरुलाई सुन्दरता, बौद्धिकताका आधारमा मूल्याङ्कन गरिएको आयोजकको भनाई छ । उमङ्ग क्रियशनले आयोजना गर्न लागेको प्रतियोगितामा प्रतिस्पर्धीहरुले रेडकार्पेटबाट आफ्नो परिचय र बौद्धिकता प्रश्तुत गरेका थिए । 

Advertisement

आगामी सेप्टेम्बर ९ मा गोदावरीमा प्रतियोगिताको फिनाले हुने आयोजकले बताएको छ । यो प्रतियोगिताले सुन्दरी तथा फेसन उद्योगको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।  

Advertisement

Advertisement