राशिफलः आज (भदौ ३) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भाद्र महिनाको ३ गते आइतबार शुद्धश्रावण शुक्लपक्षको चतुर्थी तिथि ।

मेष 
शारीरिक कष्टले समस्या दिने छ । सुख सन्तोषको पक्षमा गिरावट आउने छ । पेशागत जीवनमा भने उन्नति प्रगति हुने छ । साझेदारीमा गरिएका काममा साझेदारहरु बीच भनाभन हुने अवस्था आउने भएकाले सतर्क रहनु होला । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । 

Advertisement

वृष
प्रेमले भरिएको व्यक्तित्व हुने छ । व्यक्तित्वमा दृढता आउने छ । व्यापार, विजनेशमा आवद्धहरुका लागि समय अनुकुल रहने छ । रिस धेरै उठ्ने भएकाले नियन्त्रणमा ध्यान दिनु होला । व्यवस्थापकीय खुवीका कारण सबैलाई मिलाएर लैजाने क्षमता हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मिथुन 
आम्दानीमा अपेक्षा गरे जस्तो नतिजा आउने छैन् । पेशागत  जीवनमा न त धेरै उन्नति न त अवनति अर्थात औसत खालको रहने छ । मेहनत र पराक्रमपनामा बढोत्तरी हुँदा क्रियाशिलता बढ्न जाने छ । भाग्यहिनताको आभाष मनमा लागि रहने छ । शेयर बजार औसत रहने छ । 

कर्कट
शारीरिक र मानसिक रुपमा थकाई धेरै लाग्न जाने भएकाले मनोबल कमजोर हुन पुग्ने छ । यसले कार्यक्षमतामा पनि असर पार्ने छ । साझेदारीमा गरिएका कामहरुमा अन्योलता उत्पन्न हुने भएकाले सतर्क रहने छ । धन सम्पत्तिका विषयमा सतर्क रहनु होला । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

सिंह
आम्दानीको ग्राफमा केही बढोत्तरी हुने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा धेरै प्रतिष्पर्धा गर्नुपर्ने समय रहेको छ । पेशागत जीवनमा सचेत भएर निर्णयहरु लिनु पर्ने अवस्था रहने छ । चलाखीपनामा बृद्धि हुने हुँदा उपयुक्त समयमा उपयुक्त विचार आउने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

कन्या
पेशागत जीवन औसत हुने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा हल्का कमि देखिँदा यसले कार्य सम्पन्नतामा प्रभावित पार्ने छ । प्रतिष्पर्धीहरुसँग जुध्न तागत कम आउने भएकाले उच्च मनोबलसहित दृढ रहनु होला । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । 

तुला
पारीवारिक जीवनमा खुशी र मिलन आउने छ । बोलीमा आउने नरमपनाले अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा केही अस्थिरता संकेत आउने भएका कारण यस बारेमा सतर्कता अपनाउनु होला । व्यवस्थापकीय क्षमतामा ह्रास आउने छ । शेयर बजारमा लाभ मिल्ने छ ।  

वृश्चिक
पेशागत जीवनमा अपेक्षा नगरिएका क्षेत्रहरुबाट समेत चुनौति देखा पर्न जाने भएकाले सतर्कतासहित पाइला चाल्नु होला र धैर्यतासाथ काम गर्नु होला । परिवारमा किचलो देखिने छ । मनमा नकारात्मक विचारले गर्दा निराशा देखा पर्ने छ । शेयर बजारमा लाभ मिल्ने छैन् । 

धनु 
पारीवारिक जीवनमा खुशीयाली छाउने छ । परिवारका सदस्यहरुको मद्धतले गर्दा कार्य सफलता प्राप्त हुने छ । साझेदारमिा गरिएका कामहरुमा सतर्कतासहित पाइला चाल्नु होला । शरीरमा चोट पटक जस्तो अवस्था आउने भएकाले यात्रामा विशेष संयमता अपनाउनु होला । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्र पनि औसत रहने छ । 

मकर 
आम्दानीका स्रोतमा पहुँच बढ्ने छ । यसले गर्दा इच्छापूर्तिमा मद्धतसमेत पुग्ने छ । व्यक्तित्व दृढ खालको हुने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । जीवनसाथिको सल्लाहसहित काम गरेमा फाइदामा बढोत्तरी हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कुम्भ 
परिवारमा बादबिबाद र चर्काचर्की देखा पर्ने भएकाले सतर्क रहनु उपुक्त हुने छ । मनमा दुविधा धेरै आउने भएकाले निर्णय लिन कठिन हुने छ । पेशागत क्षेत्रमा सकारात्मक नतिजा प्राप्त हुने छ । साथिभाइको साथले कठिनाईमा मद्धत मिल्ने छ । शेयर क्षेत्र अपेक्षाकृत लाभ मिल्ने छैन् ।  

मीन
पेशागत जीवनमा उल्लेख्यनीय उपलब्धि नभए पनि अशुभ पनि रहने छैन् । प्राप्त भए गरेका सकारात्मक पक्षमा खुशी हुन सिक्नु होला । बोलीमा कडापन आउँदा भएकाले यसबारेमा विचार पुर्याउनु होला । व्यवसायमा आवद्धहरुको हकमा समय शुभदायी चलिरहेको छ । शेयर क्षेत्र शुभ रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement