कर्पोरेट नेपालकर्मी शेर्पाद्वारा माउन्ट एल्ब्रसमा कर्पोरेट नेपालको लोगो पुर्याउन सफल

Advertisement

काठमाडौं । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रस हिमालको सफल आरोहण गर्दै कर्पोरेट नेपालको लोगो अंकित झण्डा पनि पुर्याउन सफल भएकी छन् । 

उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे माउन्ट एल्ब्रस (५,६४२ मिटर) आरोहण गर्दै कर्पोरेट नेपालको लोगो अंकित झण्डा उक्त हिमालको शिखरमा फहराउन सफल भएकी हुन् । शेर्पा कर्पोरेट नेपालमा पर्यटन विधामा समाचार लेख्दै आएकी पत्रकार हुन् । 

Advertisement

शेर्पा पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ, अर्की आरोही ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन् । उनी एल्ब्रस हिमाल आरोहण गने संभवतः पहिलो नेपाली पत्रकार बन सफल भएकी छन् ।

पत्रकारिता क्षेत्रमा करिव तीन वषदेखि सक्रिय शेर्पाको यो पहिलो हिमाल आरोहण हो । यसअघि सगरमाथाको आधार शिविरसम्म पुग्न सफल उनले अन्य हिमालहरु पनि क्रमसः आरोहण गर्ने बताएकी छन् । 

Advertisement

Advertisement