सगरमाथा आधार शिविरमा पर्वतारोहण अनुगमन फिल्ड कार्यालय संचालन

Advertisement

काठमाडौं । सगरमाथा आधार शिविरमा पर्वतारोहण अनुगमन फिल्ड कार्यालय संचालनमा ल्याएको छ ।

यस वसन्त ऋतुमा खुम्बु क्षेत्रमा रहेका हिमालहरुमा हुने पर्वतारोहण तथा सम्पर्क अधिकृतहरुको खटनपटन लगायत अन्य सबै गतिविधिहरुको नियमन तथा सहजीकरण गर्न मिति गतवर्ष चैत १९ गते नेपाल सरकार (सचिवस्तर) को निर्णयानुसार पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र) गठन गरिएको थियो । 

Advertisement

सोही निर्णय अनुसार यस वर्षको वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत उपसचिव (प्रा) खिमलाल गौतमको नेतृत्वमा सगरमाथा बेस क्याम्पमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना गरी अनुगमन, रिपोर्टिङ र समन्वय गर्ने निर्णय भएको र सोही बमोजिम सगरमाथा बेस क्याम्पमा २०८१ बैशाख १४ गते फिल्ड कार्यालय स्थापना गरिएको पर्यटन विभागले जनाएको छ । 

समितिः
१) चक्र बहादुर बुढा, महानिर्देशक, पर्यटन विभाग, संयोजक
२) अनिल किराँती, उपसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,  सदस्य
३) राकेश गुरुङ्ग, निर्देशक, पर्यटन विभाग, सदस्य
४) आदित्य कार्की, सहसेनानी, नेपाली सेना, सदस्य

५) नरेन्द्र कुँवर, प्रनाउ, पर्यटक प्रहरी, सदस्य
६) डम्बर पराजुली, अध्यक्ष हिमालयन उद्धार संघ नेपाल, सदस्य
७) छिरिङ्ग तेन्जिङ शेर्पा, सगरमाथा प्रदूषण नियन्त्रण समिति आधार शिविर इन्चार्ज, सदस्य
८) मिङ्मा ग्याबु शेर्पा, कार्यकारी सदस्य, सगरमाथा आरोही संघ, सदस्य
९) दावा स्टेवन शेर्पा, प्रतिनिधि, पर्वतारोहण सञ्चालक संघ, सदस्य
१०) खिमलाल गौतम, उपसचिव (प्रा) नापी विभाग, सदस्य सचिव

Advertisement