माटो ब्राण्डको सातौं स्टोर बूढानीलकण्ठमा, आशापुरीका अर्गानिक उत्पादन पनि सामेल

Advertisement

काठमाडौं । विषादीरहित कृषि उत्पादनमा जोड दिँदै आएको माटो ब्राण्डले यही क्षेत्रमा विगत तीन दशकदेखि कार्यरत आशापुरीसँग सहकार्यमा आफ्नो सातौं स्टोर बूढानीलकण्ठस्थित देउवा चोकमा सञ्चालनमा ल्याएको छ । 

उक्त ब्राण्डले आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई ग्राहकहरुको घरदैलोमा पुर्याउने उद्देश्यअन्तर्गत यस्ता पसलहरु विस्तार गर्दै जाने क्रममा बुढानीलकण्ठमा सञ्चालन गरेको बताएका हुन् । 

Advertisement

ग्राहकरुलाई छुट सुविधाको समेत व्यवस्था गर्दै माटो ब्राण्डले सञ्चालनमा ल्याएको नयाँ माटो फ्रेस स्टोरको अध्यक्ष पवन गोल्याण, सञ्चालन निर्देशक प्रेम लामालगायतले बुधबार उदघाटन गरे । यसअघि कम्पनीले काठमाडौंको बोनश्वर, नक्साल, नारायणथान, गोल्फूटार, ललितपूरको झम्सिखेल र सानेपामा शाखाहरु सञ्चालन गरिसकेको छ । 

नेपालको ठूलो निर्यातकर्ता तथा उद्योगीसमेत रहेका गोल्याणले पछिल्लो समयमा कृषिमा पनि ठूलो लगानी गरेका छन् । त्यस्तै, अर्गानिक कृषि उत्पादनमा छुट्टै पहिचान बनाएका प्रेम लामाले आफ्नो आशापुरी ब्राण्डलाई गोल्याण समूहले माटो ब्राण्डसँगै अघि बढाउँदै उपभोक्ताहरुलाई विषादीमुक्त कृषिजन्य उत्पादनहरु बिक्री गर्दै आएका छन् । गोल्याण समूहले यस्ता उत्पादनहरु ठूलो मात्रामा निर्यातको योजना समेत बनाएको छ । 

माटो ब्राण्डका संस्थापक पवन गोल्याणले भने, ‘किसानहरुले आफ्नो श्रम र लगानीको उचित मूल्य पाएका छैनन् भनेपछि म यो यात्रामा लागेको हुँ । किसानहरुको भोगाई र संघर्षको अवलोकनपछि २०७५ सालमा माटो ब्राण्डको स्थापना गरिएको हो ।’

माटो र आशापुरी दुवै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रा.लि. मातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पदान उपलब्ध हुँदै आएको छ ।

Advertisement