चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययन गर्न इण्डियाले पठाएको यान चन्द्र सतहमा सफल अवतरण

Advertisement

इण्डियाले चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययन गर्न प्रच्छेपण गरेको चन्द्रयान–३ आज साँझ चन्द्र सतहमा अवतरण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले भारतको स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा यान अवतरण गरेको हो । 

चन्द्रयान ३ को अवतरणलाई ईसरोले प्रत्यक्ष प्रशारण गरेको थियो । चन्द्रयान ३ यसअघि इण्डियाले परीक्षण गरेर असफल भएको चन्द्रयान २ को निरन्तरता हो । चन्द्रयान २ भारतले सन् २०१९ मा परीक्षण गरे पनि अवतरण हुन असफल भएको थियो ।

Advertisement

चन्द्रयान चन्द्रमामा अवतरण गर्न सफल भएमा अन्तरीक्षमा पुग्न भारत दक्षिण एसियाकै पहिलो मुलुक बन्नेछ भने विश्वको चौथो मुलुक बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले अन्तरीक्षमा आफ्नो यान पठाइसकेका छन् । आफ्नो यानको सफल अवतरणपछि इण्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण अफ्रिकाबाटै सम्बोधन गरेर चन्द्र मिसन सफल बनाउने वैज्ञानिकहरुलाई बधाई र धन्यवाद दिएका थिए । 

दक्षिण ध्रुवको अध्ययनकै लागि रुसले पठाएको यान केही दिनअघि अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । 
 

Advertisement

Advertisement