नौ करोड लगानीमा दीपक र दीपाको फिल्म हल निर्माण, भदौ १८ गते उद्घाटन

Advertisement

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले नयाँ बानेश्वरको शंखमुलमा नौ करोड रुपियाँ लगानीमा फिल्म हल (चलचित्र गृह) निर्माण गरेका छन् । 

उक्त फिल्म हल यही आउँदो भदौ १८ देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हल उद्घाटनको दिन गिरी र निरौलाको ‘छक्का पन्जा ४’ प्रदर्शन गर्ने तयारी गरिएको छ । 

Advertisement

सो उक्त सबै दर्शकहरुलाई फिल्म हेर्न कुनै शुल्क नलाग्ने उनीहरुले घोषणा पनि गरेका छन् । छक्का पन्जा ४ पछि नेपाली फिल्म ‘ऐँचो पैचो’ र शाहरुख खानको ‘जवान’ लाग्ने प्रदर्शनमा आउने छ । 

आईएनआई सिनेमाजको फ्रेन्चाइजअन्तर्गत सञ्चालन हुन लागेको यो हलमा दुई वटा अडिटोरियम रहेको छ जसको क्षमता दुई–दुई सय दर्शक रहेको छ । 

Advertisement