प्राइम कमर्सियल बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकको सीईओमा संजीव मानन्धर नियुक्त भएका छन् । 

सञ्चालक समितिको आजको बैठकले रिक्त रहेको सीईओ पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

नवनियुक्त सीईओ मानन्धरज्यूले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नु

लामो समयदेखि बैंकमै आबद्ध नवनियुक्त सीईओ मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशासहित अध्यक्ष श्रेष्ठले  कार्यकालको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरे । 

स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरेका थिए । 

Advertisement

Advertisement