तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ, डा. रुइतले गरे उद्घाटन

Advertisement

काठमाडौं । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको शनिबार सेवा शुभारम्भ गरिएको छ । 

सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहवाट आँखाका सम्पूर्ण विशेषज्ञतासहित यो सेन्टर सञ्चालनमा आएको जनाइएको छ । 

Advertisement

सेन्टरको उद्घाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले गरे । यस सेन्टरले आँखासम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्दछ । 

यहाँ आँखासम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाच गरिने, नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू प्रदान गरिने, मोतिबिन्दुको  शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र  रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्यसम्बन्धी र अल्छी आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन  थेरापीको सेवासुविधाहरु पनि रहेको सेन्टरले जनाएको छ । 

सेन्टरले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘न्यानो र स्वागतयोग्य वातावरणमा बिरामी केन्द्रित उपचारसहित हरेक वर्गका सेवाग्राहीहरुले सरल र सहज तरिकाले उचित सेवा सेन्टरले प्रदान गर्ने छ । संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको छ । प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान  गर्ने प्रतिबद्धताका साथ थप नयाँ नयाँ प्रविधि र पद्धतीको परिकल्पना गरेको । आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएको यो तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण  बिरामीको पहुँचमा पुग्ने गरि कार्य गर्नेछ ।’ 

Advertisement