सरकारले ४१ दिनमा उठायो जम्मा एक खर्ब राजश्व, विदेशी अनुदान शुन्य, खर्च भने बढ्दो

Advertisement

काठमाडौं । सरकारको प्राप्ती एक खर्ब नाघेको छ । चालु आर्थिक बर्षको पहिलो एक महिना नौ दिन (४१ दिन)मा सरकारको कुल प्राप्ति एक खर्ब ७८ करोड पुगेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यो अवधिमा राजश्व शीर्षकमा सबै भन्दा धेरै ९१ अर्ब २३ करोड जम्मा भएको छ । यस्तै अन्य प्राप्तीमा नौ अर्ब जम्मा हुँदा एक खर्ब नाघेको हो । सरकारले कुनै पनि अनुदान प्राप्त गर्न सकेको छैन् ।

Advertisement

समीक्षा अवधिमा सरकारले ५३ अर्ब ९० करोड खर्च गरेको छ । यसमा सबैभन्दा धेरै वित्तिय व्यवस्थापनतर्फ २५ अर्ब ८६ करोड रुपियाँ खर्च भएको छ । चालु शीर्षकमा २४ अर्ब ६५ करोड रुपियाँ खर्च हुँदा विकास शीर्षकमा ३३ करोड मात्रै खर्च भएको छ ।

सरकारको आम्दानी गत वर्षको सोही अवधिसँग तुलना गर्दा छ अर्ब रुपियाँ कम छ । तर खर्च भने चालु बर्षमा धेरै छ । गत वर्ष एक महिना नौ दिनमा ३० अर्ब २४ करोड रुपियाँ मात्रै खर्च भएको थियो ।  

Advertisement

Advertisement