डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटालाई ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’

Advertisement

काठमाडौं । डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले इन्टरनेट सेवा प्रदायक विधामा ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ प्राप्त गरेका छन् । 

छोटो समयमा डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक बनाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले सेल्स समिटिमा व्यक्तिगततर्फ उत्कृष्ट बिक्रीको लागि अवार्ड हात पार्न सफल भएका हुन् । 

Advertisement

डिशहोमले गुणस्तरीय इन्टरनेट सेवा देशभरका प्रमुख शहरहरुमा तीब्ररुपमा विस्तार गर्दै आउनुका साथै बिक्रीपछिको सेवालाई समेत प्रभावकारी बनाउन सफल भएकाले ग्राहकहरुको आकर्षण बढ्दै गएको छ ।

Advertisement