शेयर बजार ओरालो झरेसँगै कारोबार रकम घटेर ८६ करोड ५१ लाखमा सीमित

Advertisement

काठमाडौं । शेयर बजार ओरालो झरेसँगै कारोबार रकम पनि घटेर ८६ करोडमा सीमित भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५.०५ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घटेसँगै नेप्से परिसूचक १९९३.४२ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २७८ कम्पनीका ४० लाख ६ हजार ७ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२.४० रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि आज कुथेली बुखरी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स्ड फण्डका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.८३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज माछापुच्छ्रे बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ६२ लाख २ हजार ६ सय ५९.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आईतबार २०.५४ अंकले बजार घट्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ र हिजो सोमबार ५.०९ अंकले बजार बढ्दा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२.२४ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement