चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

Advertisement

काठमाडौं । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ । 

ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरुले धेरै विकल्पहरुको विचार गर्नुपरेको बताए । उनले सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानेर सोही अनुससार नक्कली चुच्चो प्रदान गरेको बताए । 

Advertisement

चरालाई उपचार पछि जंगलमा छोडिएको छ । यो चराहरुमा विशाल पाण्डा भनेर पनि चिनिन्छ । प्रकृति संरक्षणको लागि यो अन्तर्राष्ट्रिय संघले दुर्लभ चराको रुपमा सूचिवद्ध गरेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement