‘छोडेर जाउ’ भन्दै प्रभु महालक्ष्मी लाइफले २० जना कर्मचारीसँग माग्यो राजीनामा

Advertisement

काठमाडौं । केही समयअघि मर्जरमा गएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना केही कर्मचारीलाई निष्काशन गर्ने भएको छ । कम्पनी व्यवस्थापनले आर्थिक अवस्थालाई कारण देखाउँदै २० जना कर्मचारीहरुको राजीनामा माग गरेको छ । 

कम्पनी स्रोतले भन्यो, ‘छोडेर जाउ भन्दै राजीनामा माग गर्ने काम भएको छ । पहिला यो खालको कुरा थिएन् । अहिले एक्कासी यस्तो कुरा आएबाट हामी पनि आश्चर्यमा परेका छौं । उता बीमा प्राधिकरणले पनि मर्जरमा जाँदैमा कसैलाई जागिरबाट हटाउने वा घटुवा गर्न नपाउने कुरा गरेको थियो । त्यो पनि पालना भएन् ।’ 

Advertisement

कर्मचारी निष्काशनको कुराले कम्पनीभित्र विवाद बढ्दै गएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जानुअघि कर्मचारीहरुलाई सेवा सुविधा बढाउने कुरा भए पनि अहिले उल्टै कर्मचारी हटाउने कुरा आएबाट आफूहरु आश्चर्यमा परेको कर्मचारीहरुको गुनासो छ । 

कम्पनी स्रोतले कर्पोरेट नेपालसँग भन्यो, ‘हामीले मर्जर अगाडी कम्पनीबाट जुन आशा गरेका थियौं । अहिले आएर कर्मचारीको राजीनामा माग्ने र दबाब दिने काम भएको छ । यो चाहिँ हामीलाई ह्युमुलेट गरेजस्तो भयो ।’ हामी स्थायी नियुक्ति लिएको कर्मचारी पनि हो । मर्जरपछि कम्पनीको ग्रोथ हुन्छ भन्ने कुरा थियो । काम गर्ने वातावरण बनाउने कुरा भएको थियो । त्यो भएन् । अहिले कम्पनीले दिने सेवा सुविधा झन घटेको छ । कामको चाप बढेको छ । त्यसमागि मानसिक टेन्सन दिने काम भएको छ ।’ 

मर्जरअघि प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सले अवकाश पाउन लागेका कर्मचारीहरुलाई सकेसम्म ढिलो बिदा गर्ने आश्वासन दिइएको थियो । सो कुरालाई समेत कम्पनी व्यवस्थापनले बिर्सिएर इमान्दारिताका साथ काम गरिरहेका सबै कर्मचारीहरुलाई अनावश्यक तनाव दिने काम गरेको कर्मचारी गुनासो गर्छन् । राजीनामा दिएर जाँदा पाउने विशेष सेवा सुविधाको सुनिश्चितता नभई आफूहरुलाई राजीनामा दिन पनि गाह्रो भएको र काम गर्ने वातावरण पनि नभएको पीडितहरुको गुनासो छ । 

स्रोतको भनाई छ, ‘छोडेर जाने अवस्था पनि छैन् । बसिखान पनि नसक्ने अवस्था छ । त्यही भएर (तपाइँहरु (मिडिया)को सहयोग लिनुपरेको हो ।’ नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म पूराना हिसाबकिताब फरफारक नगर्ने कम्पनीको सूचीमा प्रभु महालक्ष्मी एक नम्बरमा रहेको पनि उनले जानकारी दिए । 

मर्जरमा जानुअघि महालक्ष्मी लाइफले प्रिमियम मूल्यमा साधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भने पनि शेयर निष्काशन गर्न नसक्दा बजारमा राम्रो सन्देश जान नसकेको भन्दै कम्पनीका पीडित कर्मचारीले धेरै कुराहरु नमिलाई हतार हतार मर्जर गर्ने र अहिले कर्मचारीहरुलाई समस्यामा पार्ने काम भएको आरोप लगाए । 

Advertisement

Advertisement