डिशहोम फाइवरनेटको सेवा सुदूरपश्चिमको दोधारा चादँनीमा

Advertisement

काठमाडौं । कञ्चनपुरको दोधारा चादँनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र मोफसलमा विस्तार गरिरहेको छ । 

आफूहरु नेपालमा सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय इन्टरनेट सेवा प्रदान गर्नको लागि तत्पर रहेको भन्दै कम्पनीले ग्राहकहरुले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने बताएको छ । साथै, अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको कम्पनीको भनाई छ । 

Advertisement

कञ्चनपुरको दोधारा चाँदनीका ग्राहकहरुले अब डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने भन्दै डिशहोमले आफ्नो इन्टरनेट जडान तथा अन्य सेवाका लागि नजिकैको डिलर अथवा ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गर्न आग्रह गरेको छ । 

Advertisement