स्पेनमा ‘वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्ड’को फाइनलमा चिम्पाञ्जी छनोट

Advertisement

काठमाडौं । उत्तरी स्पेनको रिउडेलोट्स डि ला सेल्वा शहरमा बस्ने निको नामको चिम्पाञ्जी ‘वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्ड’को फाइनलमामा छनोट भएको छ । 

मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डका लागि छानिएका ५ फाइनलिस्टमध्येको एक हो । 

Advertisement

सन् २००४ देखि सो ठाउँमा रहेको निको विश्व पुरस्कारको लागि रोमानियाको खैरो भालु, क्रोस्टारिकाको एन्टिटर, कम्बोडियाको एउटा हात्ती र क्रोस्टारिकको पुमा छनोट भएको छ । 

यो चिम्पान्जी २३ वर्षको पुग्न लागेको र स्वास्थ्यमा समस्या रहेको बताइएको छ । १० हजार अमेरिकी डलरको यो पुरस्कार जित्नको लागि ५ मध्येबाट चुनिने छ ।

Advertisement

Advertisement