काठमाडौं । इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाईमा पुगेको थियो ।
बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादलहरू उत्तरपश्चिममा उत्सर्जन गरेको छ । यो एक हप्ता भित्र ज्वालामुखीको पाँचौं बिष्फोट हो ।
ज्वालामुखीबाट चार किलोमिटर र क्रेटरको उत्तरमा सात किलोमिटर फैलिएको खतरा क्षेत्रबाट बाहिर रहन सल्लाहसहित गतिविधिमा उल्लेख्य वृद्धि भएकोले मे १६ देखि, इबु उच्च सतर्कता स्तरमा रहेको छ । प्यासिफिक रिङ अफ फायरमा अवस्थित इण्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन् । सिन्ह्वा–नान