क्यानले ल्यायो चालु आवका लागि रु. ३६ अर्ब ६६ करोड ६४ लाखको बजेट

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०–८१ को लागि रु. ३६ अर्ब ६६ करोड ६४ लाखको बजेट ल्याएको छ । प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले उक्त आकारको बजेट क्यानको सञ्चालक समितिबाट पास भएको बताए । 

क्यानको आफनै आम्दानी यो वर्ष १५ अर्ब ८८ करोड २५ लाख रुपियाँ हुने अनुमान छ भने बाँकी मध्ये छ अर्ब ६४ करोड सरकारबाट ऋण तथा शेयरवापत प्राप्त हुनेछ । गत आवमा खर्च नभएर बाँकी रहेको छ अर्ब सात करोड १८ लाख, पेस्की चार अर्ब ८५ करोड र मूल्य अभिवृद्धि कर तथा सरकारसँग हिसाब मिलान गर्न बाँकी करिब तीन अर्ब गरी ३६ अर्ब ६६ करोडको बजेट ल्याइएको हो । 

Advertisement

क्यानले हवाइ सुरक्षा तथा उड्डयन सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै निरौलाले विमानस्थल सञ्चालन, यात्रु सेवामा वृद्धि र अन्तर्राष्टिय संघ संस्थाको सहकार्यलाई पनि प्राथमिकतामा राखेर बजे तयार गरेको बताए । 

Advertisement