डिशहोम फाइवरनेटको सेवा पोखराको पामेमा

Advertisement

काठमाडौं । पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रामक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ । 

कम्पनीले नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै आफू तत्पर रहेको बताउँदै ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको बताएको छ । 

Advertisement

पामेमा ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने भन्दै डिशहोमले अबको दिनमा डिशहोम फाइवरनेट नै पामेका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा आशा लिएको छ । 

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने कम्पनीले जानकारी दिएको छ । 

Advertisement