फरार रहेका ढोरपाटन नगरपालिकाका मेयरलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गर्ने तयारी

Advertisement

काठमाडौं । फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् । 

नेपालीले डेढ अर्ब रुपियाँ हिनामिना गरेर बेपत्ता भएको आरोप लागेको छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङ र जिल्ला प्रहरी कार्यालय बाग्लुङले प्रहरी प्रधान कार्यालयमा रेडकर्नर नोटिसका लागि सिफारिस गरेको हो । सहकारीका बचतकर्ताहरुले आफ्नो रकम फिर्ताको माग गर्दै दबाब दिँदै आएका छन् । 

Advertisement

प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि विदेश भागेको जनाइएका नेपाली लामो समयदेखि सम्पर्कमा आएका छैनन् । पीडित बचतकर्ताहरुले नेपाली र उनकी पत्नी तथा संस्थाका अन्य सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । गत वैशाखदेखि नेपालीले नेतृत्व गरेको सहकारी संस्था बन्द छ । 

Advertisement