दश अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आइतबार ३ बजेसम्म बोलकबोल पेश गर्नु पर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । 

राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विकागले आज सूचना प्रकाशित गरी बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘झ’ (६ वर्षे) बिक्री गर्न लागिको उल्लेख गरेको हो । 

Advertisement

धितो राखी कर्जा लिन÷दिन पाइने उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले भदौ २४ गते आइतबार अपरान्ह ३ बजेसम्म बोलकबोल पेश गर्नु पर्नेछ ।

भदौ २५ गते निकाशन हुने उक्त ऋणपत्रको साँवा भुक्तानी मिति २०८६ भदौ २५ गतेसम्म हो । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रको आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । 
undefinedundefined

Advertisement

Advertisement