‘नुवाकोट– १ मा मात्रै प्रशस्त बजेट राख्यो भन्ने सत्य होइन्, २ मा पनि राखेको छ’

प्रधानमन्त्री चीन भ्रमणमा जाँदा छहरे–टोखा सुरुङमार्ग बनाइन सहयोग माग्छौंः महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नुवाकोट क्षेत्र नम्बर १ मात्रै सशस्त्र बजेट राखेको नभई नुवाकोट २ मा पनि प्रशस्त बजेट विनियोजन गरिएको बताएका छन् । 

नेपाली कांग्रेस नुवाकोटले आयोजना गरेको तीज विशेष कार्यक्रममा शनिबार उनले भने, ‘एक नम्बर निर्वाचन क्षेत्रमा मात्र बजेट राखेछ भनेर कतिपयलाई लागेको छ । दुई नम्बरमा पनि केन्द्रको प्रशस्त बजेट छ ।’ महतले नुवाकोटको विकासको संभावना धेरै रहेको बताउँदै बजेट पनि पर्याप्त व्यवस्था गरेको बताए ।  

Advertisement

राजधानीसँग जोडिएको नुवाकोटबा चीनसँग जोडिएको रसुवागढी नाका पनि धेरै टाढा छैन् भन्दै महतले यहाँ व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना रहेको बताए ।

उनले भने, ‘नुवाकोट खाद्यान्नमा आत्मनिर्भर छ । निर्यातका वस्तु धेरै छन् । कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ । कागज बनाएर अनुदान खाने प्रवृत्ति अन्त्य भएको छ । अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं । कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं ।’

मन्त्री महतले कृषि उत्पादन, फलफुल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना रहेको बताउँदै त्यसमा पनि महिलाले अगुवाई गर्नुपर्ने बताए । महिलाकै नाममा सरकारले पाँचखालमा औद्योगिक पार्क बनाउने घोषणा गरेकाले त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने बताए । 

बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवकोटमा अवरुद्ध छ उनले बताए । महतले पहिला लगानी भएको थियो, बीचमा अबरुद्ध भयो । अहिले सुरु हुन थालेको छ भन्दै त्रिशुली–बालाजु सडकमा सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको बताए  । गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेछु भन्दै उनले चाहे सूर्यगढी जाने बाटो होस् वा विभिन्न गाउँपालिका जाने बाटोमा बजेट पारेको जानकारी दिए । 

महतले भने, ‘सिमरा सिँचाइको नहर बिग्रेको अवस्था छ । ढिकुरेको पनि त्यस्तै अवस्था छ । त्यसलाई पनि हामीले बजेट राखेका छौं । त्यो निर्माण भइसकेपछि १२ महिना सिचाइँको सुनिश्चिता हुनेछ । त्यसलाई समयमै ठेक्का लगाएर कार्यान्वयन गर्नुहोस् हामीले भनेका छौं ।’ विदुर नगरपालिकामा ढललगायत निकासको ठूलो समस्या रहेकोले त्यसका लागि ६५ करोड रुपियाँको बजेट सुनिश्चित गरेको उनले बताए । 

छहरे–टोखा सुरुङमार्ग लामो समयदेखि चर्चामा रह्योले यसलाई निर्णायक मोडमा पुर्याउनुपर्छ भनेर आफूले एक अर्ब बजेट राखेको महतले बताए । यद्यपि यो ५० अर्ब लाग्ने आयोजना हो भन्दै उनले अहिलेको प्रयासले नपुग्ने बताए । 

प्रधानमन्त्रीको चीन भ्रमणमा यो सुरुङमार्ग निर्माणमा चीनको सहयोग माग्ने महतले बताए । उनले त्यो भयो भने यसले पूर्णता पाउने उनले बताए । यो सुरुङमार्ग निर्माणमा समय लाग्ने भएकाले धैर्यता गर्न सुझाव पनि दिए । 

Advertisement

Advertisement