नेपालमै श्रम शक्तिको यति धेरै माग छ, तर कक्षा १२ पास गर्ने बित्तिकै विदेशिन्छन्ः महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने प्रवृत्ति रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । 

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतीको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताए । महतले विदेशमा गएपछि सबै समस्या हल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले प्रचार गरेको आरोप लगाए । 

Advertisement

उनले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गर्दै नेपालमा नै धेरै श्रमशक्तिहरुको आवश्यकता रहेको भए पनि विदेश जाने पद्धतीले समस्या निम्त्याएको दाबी गरे । 

मन्त्री महतले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले नेपालमा नम्बरका आधारमा धेरै विश्वविद्यालयहरु खोल्ने डिन र भिषी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको बताए । 

अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने महतको भनाई थियो । उनले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने जिकिर गर्दै देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकता धेरै रहेको बताए । सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्नसक्ने महतको जिकिर छ । 

उनले भने, ‘विदेशमा पठाउने कन्सलट्यान्सीहरुले विदेशमा गए सबै कुरा समाधान हुनेगरी विज्ञापन प्रचार गरिरहेका छन् । तर विदेशमा जानेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने छैन् । विदेशमा जानेहरु ठूलो समस्यामा छन् । स्वदेश फर्कन वा बस्नु भन्ने समस्याहरु छन् । नेपालमा नै धेरै ठूलो श्रम शक्तिको माग छ । न्ेपालको शिक्षक बन्न चाहेकका छैनौं । विदेशमा शिक्षक बन्ने कुरा फरक कुरा हो । १२ कक्षा पास गर्ने वितिकै विदेशमा जाने ट्रेनलाई रोक्न अभियान थाल्नुपर्छ ।’ 

महतले थपे, ‘नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने पक्षमा सरकार पनि छ । नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी हुने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि गर्न सरकारले लगानी गर्नुपर्छ । सरकारसँग स्रोत कम भएकोले प्रर्याप्त बजेट व्यवस्थापन गर्न सकेको छै्रनौँ । आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउँछ । यो विषयमा सरकार गम्भिर छ । देशको आर्थिक स्रोत कम छ तर आवश्यकताहरु धेरै छ । सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्न सक्दैन । सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि पहिलो प्राथमिकता के हो त्यो छुट्याएर लगानी गर्न आवश्यक छ । सरकारले जुन देशले जे दिए पनि वैदेशिक सहयोग लिने कुरा छाड्नुपर्छ ।’

Advertisement