एनएमबि बैंकले सञ्चालनमा ल्यायो डिजी स्टेशन

Advertisement

काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजि स्टेशन’ को सुरुवात गरेको छ । 

डिजि स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो, जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिने छ ।

Advertisement

डिजि स्टेशनको सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने  बैंकिङ सेवा, सुविधामा बृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ, आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

बैंकले प्रथम चरणको  डिजि स्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि संचालन गरिएको छ । क्यास डिपोजिट मेसिनमा ग्राहकले रू १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नया चेकको आवेदन र क्लियारिङ चेक समेत डिपोजिट गर्ने सुविधा छ । 

बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement