इण्डियन कम्पनीले बनाइरहेको अरुण तेस्रोमा भएको अवरोधले दुःखी बनाएको इप्पानको भनाई

Advertisement

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले संखुवासभास्थित निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा भएको अवरोधप्रति विरोध जनाएको छ । इप्पानले बिहीबार विज्ञप्ति जारी गर्दै इण्डियन कम्पनीले बनाइरहेको नौ सय मेगावाटको यो आयोजनामा भएको अवरोधप्रति खुःख व्यक्त गरेको हो । 

विदेशी लगानीमा निर्माण भइरहेको यस आयोजनामा भइरहेको अवरोधले नेपालमा जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने भन्दै इप्पानले आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाट समाधान जान सकिने बताएको छ । 

Advertisement

यसका लागि आयोजना र स्थानीयबीच मध्यस्थता गरेर सरकारले निकास खोज्न र आयोजना अगाडि बढाउन इप्पानले सुझाव पनि दिएको छ । यो आयोजना इण्डियाको सतलज जलविद्युत निगमले बनाइरहेको छ । 

Advertisement

Advertisement