डिशहोममा नयाँ नेपाली फिल्मको मेलाः ‘झिँगेदाउ’को प्रदर्शन जारी

Advertisement

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल नेपाली चलचित्रहरु, डिशहोममा प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेका नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिशहोममार्फत सपरिवार बसेर हेर्न सकिन्छ । 
 
अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र भिंmगेदाउ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भईरहेको छ । 

छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । 

Advertisement

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलर मार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । 

तीन महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नुहुनेछ ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने कम्पनीको भनाई छ । 
आफूहरुको यो प्रयासले सपरिवारसँगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने भन्दै डिशहोमले साथै, यसबाट नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्ने आशा लिएको छ ।

Advertisement