डिजिटल कुशलतालाई सुदृढ पार्न भन्दै चीनमा ‘सिड्स फर द फ्युचर’ सम्मेलन आयोजना

Advertisement

साङ्घाई, चीन । डिजिटल कुशलतालाई सुदृढ पार्न भन्दै ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षामन्त्रीहरूको संगठन (सीमइयो)ले ‘सिड्स फर द फ्युचर समिट–२०२३’को आयोजना गरेको छ । 

ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि ’कनेक्ट, कल्टिभेट, कन्ट्रिब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारासहित १९ एशिया प्यासिफिक देशका ९१ प्रतिभाहरुले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा भाग लिएका थिए ।

Advertisement

गत साता आयोजित यस सम्मेलनमा नेपालका चार विजेताहरु सहभागी थिए । सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्व–स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश थियो । 

सम्मेलनको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एशिया प्यासिफिकका अध्यक्ष साइमनलिनले भने, ‘ह्वावेले ’सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो बर्ष हो । हरेक वर्ष हामी केही नयाँ, थप साझेदारहरू सामेल भएसँगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ, तथापि यसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन् ।’


सम्मेलनको मुख्यभागको रूपमा ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले एशिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू– आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमता निर्माण, युवती तथा युवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए ।

कार्यक्रममा आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफल गरिएको थियो । सो अवसरमा नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका विज्ञहरू, ह्वावे र ’सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रका भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र आजीवन यी कौशलको उपयोग गर्ने तरिकाबारे बोलेका थिए । 

सम्मेलन, चीनको सेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि नयाँ अनुभवको विस्तार भएको जनाउँदै आयोजकले त्यहाँ उनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अनुभव प्राप्त गरेका थिए । आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आईटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो ।

’सीड्स फर द फ्युचर’ ह्वावेको पहलमा संचालित कार्यक्रम हो, जहाँ भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्ताहरुलाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभवहरूका साथै टेक फर गुड परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको छ । 

Advertisement

Advertisement