सरकारले दिन्छु भनेको पैसा अझै पाइएन्ः कप्तान पौडेल

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि नपाएको बताएका छन् । 

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार राजधानीमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । 

Advertisement

खेलाडीहरुलाई सरकारले पटक पटक घोषणा गरेको पुरस्कार रकम नदिएको भन्दै संसदमा ज्ञानेन्द्र शाहीलगायतका साँसददेखि संसदबाहिर समेत विरोध हुँदै आएको छ । कप्टान पौडेलले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए । 

उनले एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको बताए । पौडेलले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाए । उनले यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए । 

टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको उनले बताए । 

Advertisement

Advertisement