ठमेलभित्र खाली ट्याक्सी प्रवेश गर्न रोक लगाउने तयारी

Advertisement

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र खाली ट्याक्सी प्रवेशमा निषेध गरिने भएको छ । ठमेलका सडक सडकमा ट्याक्सीहरु लाइन लगाएर बस्ने गरेकोले त्यसलाई व्यवस्थित गर्न खाली ट्याक्सी प्रवेश निषेध गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए । 

यस निर्णयले ठमेलभित्र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने उनको विश्वास छ । शर्माले ठमेलभित्र खाली ट्याक्सी प्रवेश निषेध गर्न ट्राफिक प्रहरी महाशाखासँग छलफलको तयारी भयरहेको बताए । 

Advertisement

उनले थपे, ‘यस निर्णयबाट ठमेलभित्र ट्याक्सीहरुको अनावश्यक चाप कम गर्न सहयोग पुग्ने विश्वास छ । ठमेलभित्रका पर्यटकहरुले ट्याक्सी बोलाउन चाहेमा अनलाइन एपमार्फत बोलाउन सक्छन् । त्यसरी बोलाइएका ट्याक्सीवालाले ठमेलभित्र प्रवेश गर्दा ट्राफिक प्रहरीलाई ओटीपी कोड देखाए प्रवेश दिने तर बिना उद्देश्य खाली प्रवेश गर्न खोज्नेलाई चाहिँ रोक्न खोजेका हौं ।

Advertisement

Advertisement