निजी क्षेत्रले प्रसारणलाइनमा लगानी गर्न पायो भने मात्रै विद्युत आपूर्ति विश्वसनीय हुन्छः कार्की

Advertisement

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था (इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले प्रसारणलाइनमा लगानी गर्न पायो भने मात्रै नेपालको विद्युत आपूर्ति विश्वसनीय हुने दावी गरेका छन् । 

पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणका तराईका औद्योगिक तथा ग्राहस्त उपभोक्ताले विद्युतको गुणस्तर र अनियमिततामा निकै समस्या झेल्दै आएको बेला कार्कीले प्रसारणलाइनमा निजी क्षेत्रलाई लगानी गर्न सहजीकरण गर्नुपर्ने औंल्याएका हुन् । 

Advertisement

 
लगानी सम्मेलनमा सोमबार उनले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका हुन् । निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्नसक्ने भन्दै कार्कीले निजी क्षेत्रले आन्तरिक र अन्तरदेशीय प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने दावी गरे । 

उनले निजी क्षेत्रले प्रसारणलाइन निर्माण र सञ्चालनको अवसर पाए विद्युतको विश्वनियता बढाउँदै चुहावट घटाउन पनि भूमिका खेल्नसक्ने बताए । कार्कीले भने, ‘दक्षिण एसियामा ऊर्जाको माग भएका देशहरुमा क्रस बोर्डर लाइन र ऊर्जा परियोजनाको ठूलो सम्भावना छ । निजी क्षेत्रको सहभागीताले क्रसबोर्डर लाइन निर्माण, विद्युत निर्यात र प्रविधि हस्तान्तरण लगायतका कुरालाई मुर्तरुप दिन सकिन्छ ।’ 

तर, प्रसारणलाइन निर्माणमा वन तथा वातावरण, जग्गा प्राप्ती र प्रक्रियागत झन्जटहरुसँग जुध्नुपर्ने समस्या रहेको कार्कीको गुनासो छ । उनले अन्तरदेशीय प्रसारणाइन निर्माणमा निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर, बजार अध्ययन, जोखिम अध्ययन, सह–लगानी खोजी र नीतिगत लविइङ लगायतका काम गरिरहेको बताए । निजी क्षेत्रले विद्युत व्यापारका लागि इक्वीटी, ऋण, प्रविधि, सत्र्चालन लगायतका पार्टनरसिप मोडलमा काम गरिरहेको पनि उनले बताए ।

Advertisement

Advertisement