विश्व कीर्तिमानी मिङ्मा डेविड शेर्पाले गरे मनास्लु हिमालको आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको तेस्रो पटक सफल आरोहणपछि विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् । 

उनले सेप्टेम्बर २४ तारिखका दिन बिहान ५ः३० बजे मनास्लु हिमालको चुचुरोमा पाइला टेकेको कपोरेट नेपालसँग भने । शेर्पा सात महादेशका अग्ला शिखरहरु चुम्ने योजनामा छन् भने सात महादेशका अग्ला शिखरहरु मध्ये पाचँ वटा हिमालहरु चढन सफल भएका छन् ।

Advertisement

सातै महादेशका अग्ला शिखरमा मध्ये सगरमाथा, आकानकागुवा, माउन्ट एल्ब्रस, डेनाली, किलिमन्जारोको सफल आरोहण गरिसकेको शेर्पाले बताए । सात महादेशका अग्ला शिखरहरु चुम्न अब दुईवटा मात्र बाँकी छ । बाँकी रहेका हिमालहरु अस्ट्रेलियामा रहेको कार्स्टेन्स पिरामिड र अन्टार्कटिकामा रहेको माउन्ट भिन्सन हुन् ।
 
शेर्पा विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोही हुन् ।

Advertisement

Advertisement