शेयरधितो कर्जाको सीमाबारे राष्ट्र बैंक बैठकमा कुरै नउठेपछि नेप्से फेरि तल झर्यो

Advertisement

काठमाडौं । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज फेरि ओरालो झरेको छ । शेयर धितोकर्जाको सीमा १२ करोडबाट बढ्ने चर्चासँगै हिजो मंगलबार बजार उचालिएको थियो । 

आज राष्ट्र बैंकको आज सम्पन्न सञ्चालन समितिको बैठकमा यस विषयमा कुनै चर्चा नभएको समाचार बाहिएसँगै बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.६० अंकले घटेको हो । ०.९१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.३० अंकमा ओर्लिएको छ । 

आज २८२ कम्पनीका ७० लाख ६१ हजार ४ सय ४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२.२० रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार दोहोरो अंकले घटे पनि मनकामना इन्जिनियरिङ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका छन् । 

यता, लक्ष्मी भ्यालू फण्ड २ र शुभम पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १० र ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

सन नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ६२ लाख २३ हजार ७ सय ३२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।   

साताको पहिलो दिन आइतबार १९.४२ अंकले बजार घट्दा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ६.९९ रुपियाँ, सोमबार ५.८९ अंकले बजार घट्दा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१.७८ रुपियाँ र हिजो मंगलबार १८.४५ अंकले बजार बढ्दा २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५ सय १८.५४ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो । 

साताको अन्तिम दिन भोलि बिहीबार इन्द्रजात्रा पर्वका कारण उपत्यका बिदा भएकाले शेयर बजार पनि बन्द रहने छ ।   

Advertisement