सगरमाथाको आठ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गराउने घोषणा, तर दोब्बर दस्तुर लिइने

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गरिने बताएका छन् । 

विश्व पर्यटन दिवसको अवसरमा साथसाथै नामक संस्थाले गरेको कार्यक्रममा बुधबार उनले सरकारले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गराइने बताए । 

Advertisement

किरातीले भने, ‘हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौं तर, यसका लागि कस्तो नीति बनाएका छौं ? भन्ने कुरातिर ध्यान दिन सकेका छैनौं । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि विभिन्न योजनाहरु बनाइरहेका छौं । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटर माथिको उचाईबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली बनाउने काम अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागु हुन्छ ।’

उनले नेपालको ऐन कानुन र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरुले चुनौती सिर्जना गरेको बताए । किरातीले सरकार जादुको छडी नभए पनि पर्यटन क्षेत्रलाई थप सशक्त बनाउँदै लगेको भन्दै चाँडै नै नेपाल वायुसेवा निगमले नयाँ जहाजहरु खरीद गर्ने बताए । त्यसका लागि प्रक्रिया अघि बढिसकेको उनको दावी छ । 

Advertisement

Advertisement