आर्थिक मन्दीको असरः तीस करोड रुपियाँले घट्यो निर्जीवन बीमा व्यवसाय (सूचीसहित)

Advertisement

काठमाडौं । भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब नौ करोड ९० लाख रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

गत आर्थिक वर्षका समीक्षा अवधिमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क तीन अर्ब ३९ करोड ८७ लाख रुपियाँ थियो । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार समीक्षा अवधिको भदौ महिनामा मात्रै निर्जीवन बीमा व्यवसाय करिब ३० करोड रुपियाँले घटेको हो । 

Advertisement

यता नेपाल बीमा प्राधिकरणक कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाशुल्क घट्नुको कारण आर्थिक मन्दी भएको बताए । पौडेलले मर्जरपछि बीमाशुल्क बढ्नु पर्ने भए पनि पोस्ट कोभिड र आर्थिक मन्दीको असर परेको बताए ।

भदौ महिनामा निर्जीवन बीमातर्फ सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी सालिको इन्स्योरेन्सको ३६ करोड ३१ लाख रुपियाँ रहेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सको ३२ करोड ५५ लाख रुपियाँ रहेको छ । साथै, तेस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० करोड ९१ लाख रुपियाँ छ । 

भदौमा कुन कम्पनीको बीमा शूल्क कति ?

undefined


 

Advertisement