भारतीय गायक कैलाश खेर नेपालमा, किन आए आज ?

Advertisement

काठमाडौं । भारतीय गायक कैलाश खेर नेपाल आएका छन् । नेपालमा साँगीतिक प्रस्तुती दिन उनी नेपाल आएका हुन् । खेरको ब्यान्ड कैलशाले आज शनिबार सोल्टी होटलमा संगीतिक प्रस्तुती दिँदै छ । 

उनी भदौ २९ गते खेर नेपाल आउने कार्यक्रम भए पनि त्यतिबेला कार्यक्रम स्थगित भएपछि आज नेपाल आएका हुन् । यसअघिको आयोजकले खेरलाई ल्याउन नसकेपछि अहिले माइ–पे इभेन्टले साँगीतिक प्रस्तुतीका लागि उनलाई नेपाल ल्याएको हो । 

Advertisement

उक्त कम्पनीका सीईओ मनोज मेहताले कैलाश खेरको आजको कार्यक्रम यसअघिको आयोजकसँग कुनै पनि हिसाबले सम्बन्धित नभएको बताएका छन् । साथै, उनले यसअघि काटेको टिकट अहिले मान्य नहुने बताएका छन् । 

खेरले ‘ओ सिकन्दर’, ‘तेरी दिवानी’, ‘सैया’, ‘या रब्बा’ र चलचित्र ‘बाहुबली २ः द कन्क्लुजन’ को ‘जय जय कारा’ र ‘जल रही है चिता’ लगायतका एक हजार पाँच सयभन्दा धेरै चर्चित हिन्दी गीतमा आवाज दिएका छन् । 

Advertisement