जलहरी प्रकरणमा अख्तियारले मुद्दा चलाए आत्महत्या गर्ने चेतावनी दिएका थापाविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन अनियमितता गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र तत्कालिन कोषाध्यक्ष मिलन थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

थापाले यसअघि जलहरी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अख्तियारले आफूविरुद्ध मुद्दा चलाएर मन्दिरभित्र आत्मदाह गर्ने चेतावनी दिएका थिए । अख्तियारले जलहरी राख्ने क्रममा उनीहरुले एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको आरोप लगाएको छ । त्यसरी सुन हिनामिना गर्दा एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अख्तियारको तर्क छ । 

Advertisement

साथै, अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

Advertisement