सम्झौताको मसी सुक्न नपाउँदै फेरि डाक्टर कुटिए, काम बन्द गरेर डाक्टरहरु विरोधमा

Advertisement

काठमाडौं । सरकारले चिकित्सक (डाक्टर)हरुको सुरक्षाको सुनिश्चितता गर्ने भनेर लिखित सम्झौता गरेको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । 

सरकार र आन्दोलनरत डाक्टरबीच शनिबार बेलुकी छ बुँदे सम्झौता भएको थियो । काठमाडौं मेडिकल कलेजमा सहकर्मी कुटिएपछि विरोधमा त्यहाँका डाक्टरहरु प्रदर्शनमा उत्रिएका छन् ।

Advertisement

उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका हुन् । मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको जनाइएको छ । 

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रुपक गौतम, सरोज गौतमलाई पक्राउ गरेको छ । पछिल्ला दिनमा डाक्टरहरुमाथि कुटपिटका घटना बढेर गएको छ । 

Advertisement