संघीयतालाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न सक्किएनः मन्त्री गुरुङ, ‘मान्छे शहरकेन्द्रीत भए’

Advertisement

ललितपुर । संघीयतालाई आफूहरुले व्यवहारिकरुपमा कार्यान्वयन गर्न नसकेको स्वीकार गरेकी छन् । सोमवार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संघीयताको कानुनहरु आए पनि व्यवहारिकरुपमा कार्यान्वयन गर्न आफूहरु सफल भएको बताएकी हुन् । 

यद्यपि गुरुङले व्यवस्थालाई दोष दिने बेला भईनभएको तर्क गरिन् । संघीयता प्राप्त गरेपनि कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताउँदै उनले झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गरिन् । 

Advertisement

गुरुङले कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुने बताउँदै जनताको चासो शहरकेन्द्रित हुन थालेको बताइन् । उनले भनिन्, ‘हामीले संघीयता प्राप्त गरेका छौँ । यो हिसावले हेर्ने हो भने हामीसँग तीन तहको सरकार छ । अधिकार पनि फरक फरक छ । त्यो हिसावले संघको सरकारले कतिपय कामहरुलाई कसरी अघि बढाउने ? प्रदेशको सरकारले कसरी अघि बढाउने ? र स्थानीय सरकारले कसरी अघि बढाउने ? भन्नेकुरा हामीले कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले हामीले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिरहेका छैनौँ । हामीले अहिले नै व्यवस्थालाई दोष दिने बेला भएको छैन् । झन्डै ४० वटा यस्तै प्रकृतिका र यस्तै समस्या समाधान गर्ने ऐन, कानूनहरु बनाउन बाँकी छ । त्यो हिसावले पनि हामी कार्यान्वयनकै चरणमा छौँ । कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुन्छ होला ।’ 

गुरुङले थपिन्, ‘संघीयतामा गइसक्दा पनि खै त संरचना केही बनेको ? भन्ने कोणबाट मात्रै नभइकन संघीयतामा गइसकेपछि कानूनी रुपमा प्राविधिक रुपमा केके कुरालाई तत्काल सम्बोधन गर्नुपर्ने हो त्यो दिशातर्फ विषय केन्द्रित हुनुपर्छ । हामीले शहर र बस्तीको कुरा गर्दा विश्वसँग तुलना गर्ने हो भने अधिकांश लगानी शहर निर्माणको निम्ति लगाइएको छ । आम नागरिकको चासो, चिन्ता, रहर के छ भने शहरमा पुगियो भने सेवा सुविधा प्राप्त गर्न सकिन्छ, त्यसैले हाम्रो रोजाईको बसाई भनेको शहर हो भन्ने छ । यो सबै मानिसको मनोविज्ञानमा छ ।’

स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गर्दै उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गरिन् । गुरुङले सबैको साझा संकल्प र प्रतिवद्धता हुन नसक्दा यी योजनाहरु कार्यान्वयनमा जान नसकेको बताइन् । 

गुरुङले भनिन्, ‘सीमापारी पुग्दा छुट्टै सेवा सुविधासहितको शहर पाउने, तर त्यही सीमानाको वारी खान पनि नपाउने गरीवको अवस्था सिर्जना नहोस् भनेर स्मार्ट सिटी बनाउने सीमा क्षेत्रमा भनेका थियौँ । तयारी गरेका थियौँ तर कार्यान्वयन गर्न सकेका छैनौँ । नयाँ शहर निर्माणका लागि एक लाख रोपनी र धेरै ठाउँमा जग्गा अकुपाइ पनि गरिएको छ तर कार्यान्वयनमा लैजान सकिएको छैन् । सुरक्षित नागरिक आवास भनेर जहाँ गरिबीको कारणले विपन्न समुदायले छाना पनि राम्रो हाल्न सकेका छैनन् भनेर सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएका थियौँ । त्यस्तै एकीकृत बस्ती विकासको योजना ल्यायौँ, शहरी विकास मन्त्रालयले जुन नीति र कार्यक्रम अघि सारेको थियो, त्यसमा प्रभावकारी बनाउन मुख्यगरी आर्थिक अवस्था हामीसँग पर्याप्त बजेट छैन । त्यसलाई मात्रै दोष दिन हुँदैन, हामी भित्रको साझा संकल्प र प्रतिवद्धता हुन सकेन ।’

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् । उनले सबै पालिकामा शहर निर्माणको बेस लाइन योजनाबारे आवश्यक अध्ययन हुन जरुरी रहेको बताए । गुरुङले शहर व्यवस्थित गर्नका लागि शहरी विकास नीति आवश्यक रहेको बताइन् । 

Advertisement

Advertisement