नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

Advertisement

काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् । 

बैंक सञ्चालक समितिको गत आइतबारको निर्णय अनुसार असोज १५ गते सोमबारदेखि लागू हुने गरी नायब सीईओ पन्तलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् । 

Advertisement

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते समाप्त भएपछि पन्त कामु सीईओ नियुक्त भएकी हुन् ।  
 

Advertisement

Advertisement