‘रिभर फन विच रिसोर्ट’मा ‘वाटपार्क’ थपिने, दुई करोड लगानी हुने

Advertisement

काठमाडौं । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको ‘रिभर फन विच रिसोर्ट’मा वाटपार्क थपिने भएको छ । यही आउदो महिनादेखि वाटपार्कको निर्माण कार्य सुरु गर्ने र छ महिनामा सञ्चालनमा ल्याइने रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए । 

वाटपार्कमा सानोदेखि वृद्धासम्मका उमेरका समूहहरुले मनोरञ्जन लिर्न सक्ने जनाइएको छ । हरेक वर्ष आफ्ना ग्राहकहरुलाई नयाँ–नयाँ कुराको अनुभव दिने उद्देश्य आफूहरुको रहेको भन्दै अधिकारीले सोही अनुभव दिन वाटपार्क सञ्चालनमा ल्याउन लागेको बताए । 

Advertisement

उनले भने,  ‘रिभर फनलाई रिभर फन नै बनाउने सोच छ हाम्रो । किनभने हामीसँग धेरै कुरा त्यही जग्गामा नयाँ नयाँ अवधारणासहित हरेक वर्ष केही नयाँ ल्याउने योजना बनाएका छौं ।’ अधिकारीले दुई करोड लगानीमा वाटपार्क निर्माण गर्न लागिएको बताए । 

यो वाटपार्कमा करिब सय जना अटाउने र पौडी पोखरीमा समेत गरेर दुई सय जना अटाउने उनले बताए । आफूहरुको रिसोर्टमा परिवारिक वातावरण रहेको बताउँदै अधिकारीले त्यसैले गर्दा आन्तरिक तथा विदेशी पर्यटकहरुको आगमन पनि राम्रो रहेको दावी गरे । रिसोर्टमा स्काई साइक्लिङ, क्यानोपी वाक, वाल क्लाइम्बिङ, मोटर बोट, र्याफ्टिङ र क्यानोनिङ, त्रिशुली नदी माथि जिपलाइन जस्ता सुविधा पनि रहेको अधिकारीको भनाई छ । 

Advertisement

Advertisement