हत्यामा संलग्न तरुण दलका नेतालाई आममाफी दिएकोमा सर्वोच्चले लिखित जवाफ माग्यो

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आज बिहीबार आदेश दिएको हो ।

Advertisement

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाई गर्दै अदालतले जवाफ माग गरेको हो । 

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले फूलमालाले भव्य स्वागत गर्दै गाडीको लावालस्करसहित कारागारबाट घर पुर्याएका थिए ।

आफ्ना श्रीमान्‌का हत्यारालाई आममाफी दिइएको भन्दै भारती न्यायका लागि यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन् । अहिले रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध चौतर्फी आलोचना पनि भइरहेको छ । 

Advertisement

Advertisement