डिशहोममा नयाँ नेपाली फिल्मको मेलाः अब लोकप्रिय चलचित्र ‘छक्का पञ्जा ४’ हेर्न सकिने

Advertisement

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु ऋहिले डिशहोममा प्रदर्शन भइरहेको छ । विभिन्न कारणबस हलसम्म गएर मन परेका चलचित्र हेर्न छुटाएका दर्शकहरुले अहिले डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्छन् । 

अहिले डिशहोममा दीपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदी कलाकारको अभिनय रहेको लोकप्रिय चलचित्र ‘छक्का पञ्जा ४’ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज १९ गतेदेखि प्रदर्शन भइरहेको छ । 

Advertisement

प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । 

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलर मार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिने कम्पनीको भनाई छ । तीन महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्छन् । 

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएसमार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने जनाइएको छ । 

डिशहोमले यो आफ्नो प्रयासले सपरिवार आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने जनाउँदै यसबाट नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्ने आशा लिएको छ ।

Advertisement