चलचित्र ‘वानर सेना’को प्रिमियर शो

Advertisement

काठमाडौं । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रवार राजधानीमा प्रिमियर शो भएको हो । यसमा प्रेम र द्वन्द्वको मिश्रण रहेको जनाइएको छ । 

अर्पण गिरीले निर्देशन गरेको चलचित्रमा उनीसँगै आरजु प्रसाइँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ । 

Advertisement

चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिनेता एवं शोभित बस्नेतले सम्पूर्ण नेपाली चलचित्रलाई आफूले मन पराउने र नेपाली चलचित्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको बताए । निर्देशक गिरीले नै लेखेको यस चलचित्रमा विनोद सापकोटाको छायाङ्कन, जोन तामाङको सङ्गीत, प्रविण ढकालको रङ्ग संयोजन, नारायण रिजालको नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् । 

Advertisement