बरु राष्ट्र बैंकले अर्थतन्त्रमा राहत दिने नीति लिएको छ, अर्थ मन्त्रालयले केही गरेन्ः वाग्ले

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । 

आईतवार संसदमा उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि पोखे । तर सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे । 

Advertisement

उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बंैकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए । वाग्लेले भने, ‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन् । कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका काम चाहिँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले थपे, ‘यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु । धेरै कुराहरु असारसम्म गर्ने भनिएको थियो । केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो । विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन् । हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो । तर त्यो स्पिरिट अनुसार काम भएको छैन । यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बंैकले भने केही कसिला नीतिहरुलाई खुकुलो गरेको छ । त्यसको म स्वागत गर्न चाहन्छु । अर्थतन्त्रमा यसले केही राहत मिलेको छ । तर आर्थिक दुरावस्थाका लागि खाली केन्द्रिय बैंकलाई मात्रै जिम्मेवार ठह¥याउने परिपाटीबाट हामीले छुटकारा पाउनै पर्छ । ’

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएका खुकुलो नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए । 

Advertisement