पत्रकार सम्मेलनबाट निस्किएका व्यवसायी दुर्गा प्रसाइँमाथि दुर्व्यवहार

Advertisement

काठमाडौँ । राजधानीको कान्तिपथमा पत्रकार सम्मेलनबाट बाहिर निस्किने क्रममा सोमबार व्यवसायी दुर्गा प्रसाइँमाथि दुर्व्यवहार भएको छ । 

कान्तिपथस्थित होटल एल्लो प्यागोडा बाहिर उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार घटनबारे छानविन भइरहेको छ । प्रसाँमाथि कालोमोसो दलिनुका साथै शरीरको कपडा पनि च्यातिएको छ । 

Advertisement

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक समेत रहेका प्रसाँले पछिल्लो समय भ्रष्टाचार, तस्करी, बैंकको चर्को ब्याज जस्ता कुराहरुविरुद्ध अभियान चलाउँदै आएका छन् । प्रसाइँ विशेषगरी मारवाडी व्यवसायीविरुद्ध आक्रमक भएका कारण मारवाही समुदाय उनीदेखि बढी रुष्ट देखिन्छ ।   

Advertisement

Advertisement