केपी ओली र महेश बस्नेतको पक्षमा नारा लगाउँदै मलाई कालो रंग छ्यापेः प्रसाइँ

Advertisement

काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँले नेकपा एमालेका नेता केपी ओली र महेश बस्नेतको पक्षमा नारा लगाउँदै केही व्यक्तिले आफूलाई कालो रंग छ्यापेर भागेको बताएका छन् । 

राजधानीको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिर निस्किएका सोमबार दुर्व्यवहार भएको थियो । प्रसाइँले आफूलाई दुर्व्यवहार गर्नेहरुलाई आफूले चिन्ने बताउँदै आफ्नो अभियान सफल हुँदै गएपछि अत्तालिएकाहरले आफूलाई रोक्ने प्रयास गर्न खोजेको बताए । 

Advertisement

प्रसाइँले आफूलाई दुर्व्यवहार गर्नेहरुविरुद्ध प्रहरीमा उजुरी नदिने पनि बताउँदै रंग लागेकाले बाहिरी कपडा खोलेको बताए । आजै उनले तस्करी र गलत कारोबारमा संलग्न रहेको आरोपमा तीन वटा मारवाही व्यवसायीहरुको समूहसम्वद्ध व्यक्तिहरुको नाम र तस्वीरसमेत सार्वजनिक गरेका थिए । 

विशाल ग्रुप, त्रिवेणी ग्रुप र गोल्याण ग्रुपका व्यवसायीहरुको नाम र तस्वीर सार्वजनिक गरेका प्रसाइँको आजको कार्यक्रममा राकेश अडुकियासहित तीन जना मारवाही व्यवसायी समेत सहभागी भएर प्रसाइँको पक्षमा बोलेका थिए । भष्टाचार र तस्करीमा संलग्न रहेको भन्दै ठूला व्यवसायी र नेताहरुमाथि आक्रामकरुपमा प्रस्तुत हुँदै गएका कारण धेरै ठूला व्यवसायी र नेताहरु प्रसाइँदेखि रुष्ट हुँदै गएका छन् । 

Advertisement

Advertisement